भिनिसियस र एमबाप्पेकाे गाेलमा रियल मड्रिड विजयी

काठमाडौं, ३० भदौ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ । आज बिहान भएको खेलमा मड्रिडले सोसिडाडलाई २–० गोलले हरायो । मड्रिडका लागि भिनिसियस जुनियर र केलियन एमबाप्पेले गोल गरे ।

यो जीतसँगै रियल मड्रिड ५ खेलमा ११ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । रियल सोसिडाड ५ खेलमा ४ अङ्कसहित १६ औं स्थानमा छ । यस्तै हिजो भएका अन्य खेलमा रियल बेटिसले लेगनेसलाई, भिल्लारियलले मालोर्काेलाई, एस्पान्योलले आल्भेसलाई र सेभिल्लाले गेटाफेलाई हराएका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ