सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो

चितवन, ३० भदौ : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट मालवाहक ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना ग्रस्त ट्रकका चालक र सह चालक अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने