एन्फा महिला लिगमा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेश खेल्दै

काठमाडौं, ३१ भदौ : एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

वालिङ नगरपालिका ४ खेलमा ६ अङ्कसहित तालिकाको पाचौँ स्थानमा र समान खेल खेलेको सुदूरपश्चिम प्रदेश अङ्कविहिन छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् । एपीएफ क्लब ५ खेलमा १३ अङ्कका साथ शीर्ष स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ