बडादशैं जुत्ताचप्पल व्यापार मेला शुरु, ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिने

चितवन , १ असोज : भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आज असोज १ गतेदेखि असोज २४ गतेसम्म जुत्ताचप्पल व्यापार मेला शुरु भएको हो । मेलाको उद्घाटन बागमती प्रदेश, उधोग वाणिज्य भुमि व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले गर्नुभएको हो ।

मेलाको उद्घाटन गर्दै मन्त्री तामाङ्गले नेपालीहरुको हस्तकलद्वारा निर्मित सामाग्रीहरु स्वदेशमै उत्पादित गर्ने, स्वदेशमै प्रयोग गर्न सक्ने, यहाँ पुर्ती गरेर बिदेशमा समेत निर्यात गर्न सक्ने अभिप्रायले सन्चालन भएको मेला भव्यतापुर्वक सफलताको शुभकामना व्यक्त गर्नुभयो । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको सह–आयोजक संस्था, वेश ग्लोबल प्रा.लि.का अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेला बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म सन्चालन हुने छ ।

मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिने छ । मेलामा ४० वटा स्टल रहने छ । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले जानकारी दिनुभयो । मेलामा ३५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र २ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा करिब १ लाख ५० हजारले अबलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ ।

साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्न सक्नेछन् । । नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्रमा महत्वपूर्ण हिंसा ओगटेको सन्दर्भमा स्वदेशी उत्पादन प्रयोगका लागि आम जनतालाई सकारात्मक सन्देश दिन वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ सहयोगी हुने अध्यक्ष उपाध्यायले बताउनुभयो । उक्त प्रदर्शनी हलमा बिगत २ बर्षदेखी चार्डपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला भएको आयोजना हुँदै आएको छ ।

त्यस्तै कार्यक्रममा चितवन उधोग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपाने चितवन उधोग संघले बिगत २०४७ सालदेखि औधोधिक प्रबर्दनको हेतुले उधमशिलता बिकासका लागि र राज्यलाई मजबुत बनाउने उदेश्यले राज्यले लिएको औधोधिक अभियानहरुरुलाई सधैं साथ दिईरहेको बताउनुभयो । साथै उहाँले यस जुत्ता चप्पल मेला भव्यरुपमा सफल हुने विश्वास लिएको बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी