झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

तस्वीर : रासस

काठमाडौं, १५ असोज : नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएकाे छ । झ्याप्ले खाेलामा केहीबेर अघिदेखि सडक दुईतर्फी सञ्चालनमा आएकाे र चितवनसम्म अवराेध नरहेकाे प्रहरीले जनाएकाे छ ।

पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएकाे थियाे ।

पहिराे पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएकाे हाे । लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम