सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौं, १८ असोज : सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन