सुनको भाउ लगातार ओरालाे लाग्दै, आज चार सय रुपैयाँले घट्यो

काठमाडौं, २८ कार्तिक : आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउ लगातार घटेको छ ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी १५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ