काठमाण्डौसहित पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा

काठमाडौं, ६ मंसिर : आज पनि मौसम आंशिक बदली भएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी भागमा आजको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ