सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थाल्यो

काठमाडौं, २१ मंसिर : कास्कीको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन शुरू भएको हो । २५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताउनुभयो ।

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । सार्दिखोलाको भराभरीमा रहेको सेती नदीमा बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा त्यसलाई खसालेर बिजुली उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ । -रासस

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ