सिरियाका राष्ट्रपति असद रुसमा, सिरियाली नागरिकले मनाए खुशियाली

काठमाडौं, २४ मंसिर :  इस्लामिक विद्रोही समुहले सिरियामा कब्जा जमाएपछि देश छोडेर पलायन भएका सिरियाली राष्ट्रपति बशर अल असद रुसमा शरण लिन पुग्नुभएको छ । विद्रोही समुहले सिरियाको एकपछि अर्को गर्दै सिरियाको विभिन्न शहर कब्जा गरेपछि राष्ट्रपति असद सपरिवार रुसमा शरण लिन पुग्नु भएको हो ।

रुसी सरकारी समाचार एजेन्सीहरुका अनुसार असद सिरियाबाट भाग्नासाथ रुसको मस्को पुगेको र रुसले असदको परिवारलाई शरण दिएको हो । रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता जारी राख्नुपर्ने सुझाव असदलाई दिएको छ । रुसले सदैव सिरिया संकटमा राजनीतिक समाधानको खोजी र आह्वान गर्दै आएका कारण असद रुसमा शरण लिन पुगेको बुझिएको छ । यसैबीच सिरियाली राष्ट्रपति असदले सिरियाली विद्रोही समूह एचटीएससँग रुसबाटै वार्ताको प्रयास जारी राख्नु भएको छ ।

सिरियाली जनताको सुख शान्तिका लागि आफु जे पनि गर्न तयार भन्दै राष्ट्रपति असदले विद्रोही समुहसँग वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको हो । यता राजधानी दमास्कस कब्जामा लिएपछि विद्रोही नेता अबु मोहम्मद अल जौलानीले दमास्कस मस्जिदमा उत्साही भीडलाई सम्बोधन गरेका थिए । सम्बोधनकै क्रममा दशकौंदेखिको आफनो प्रयास सफल भएको भन्दै आफुहरुको चाहना असदको पतन रहेको खुलासा गरेका छन् । यता बशर अल असदको शासन पतनलाई सिरियाली नागरिकहरुले खुसीयाली मनाएका छन् । असदको शासन पतन भएको भन्दै सिरियाका नागरिकहरुले विश्वभर खुसीयाली मनाएका हुन् । विश्वरभर छरिएर रहेका सिरियाली नागरिकहरुले पनि खुशियाली मनाएका छन् । -एजेन्सी

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ