चिसो बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम

काठमाडौं, २६ मंसिर : काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । काठमाण्डौमा आज बिहान यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसअघि आज बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको थियो । सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव सात र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियम मापन भएको महाशाखाले जनाएको छ ।

यस्तै मुस्ताङ लगायतका अरु उच्च पहाडी तथा हिमाली जिल्लामा तापक्रम घटेर चिसो बढेकाले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

संबन्धित शिर्षकहरु

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो