प्रधानमन्त्री ओलीबाट शुभकामना व्यक्त

काठमाडौं, ३० मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, योमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले ‘आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठुलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।’ व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उभो लेकबाट बेँसी (उधो) झर्ने दिनका रूपमा आज उँधौली पर्व मनाइने प्रचलन रहेको बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो