पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक : तीन वटाले घटाए, तीन वटाको बढ्यो

काठमाडौं, ३० मंसिर : पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने तीन वटाले घटाएका छन् ।

बाँकी १४ वटा वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढेको देखिन्छ ।

यो मंसिर महिनामा वाणिज्य बैंकको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिकामा उल्लेख छ । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।

संबन्धित शिर्षकहरु

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो