लायन्स क्लब अफ चनौलीद्धारा ह्वील चियर वितरण

सुनिल पौडेल, चितवन, ३० मंसिर : लायन्स क्लब अफ चनौलीले ह्वील चियर वितरण गरेको छ । शनिवार एक कार्यक्रमका विच ३ जनालाई ह्वील चियर वितरण गरेको हो । चनौली बजार व्यवस्थापन समितिका संयोजक हुमनाथ ढकालको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष राज कुमार श्रेष्ठ, एक नारायण पौडेल लगायत पूर्व अध्यक्षहरुको उपस्थिति रहेको सचिव कालिका खनालले बताए ।

पूर्ण रुपमा अशक्त भएका व्यक्तिहरुलाई राहत मिलोस् भन्ने भावनाले ह्वील चियर वितरण गरिएको लायन्स क्लब अफ चनौलका अध्यक्ष पवन ढकालले जानकारी दिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा