सडक दुर्घटनाबाट गम्भीर घाइते भएका एमाले चितवनका प्रमुख कार्यालय सहयोगी बर्ताैलाको मृत्यु

चितवन, ५ पुस : सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा एमाले पार्टी कार्यालय चितवनका प्रमुख सहयोगी एवम् एमाले संगठित सदस्य रामचन्द्र बर्ताैलाको मृत्यु भएको छ ।

बर्ताैलाको आज दिउँसो न्युरो अस्पताल बासबारीमा मृत्यु भएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए । चार दिन अगाडि रिजाल चोक नजिक सवारी दुर्घटनामा परी बर्ताैला गम्भीर घाइते भएका थिए ।

बर्ताैलालाई चितवन मेडिकल कलेज (सिएमसी) बाट थप उपचारका लागि काठमाण्डौँ लागिएको थियो । बर्ताैलाको शव भोलि बिहान १० बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर देवघाट लैजाने तयारी एमाले चितवनले गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा