चितवन, ९ पुस : भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गरेका हुन्।
मंगलबार पौडेलले उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभएको हो । उहाँले क्यान्सर रोग लागेकी आमाले रोगलाई जितेसंगै पौडेलले क्यान्सरका बिरामीको उपचारमा सहयोग गदै आउनु भएको छ । सोही अनुसार पत्रकारहरु बिरामी भएको थाहा पाएर सहयोग गरेको उहाँले बताउनुभयो ।