पत्रकारद्वय पाठक र बानियाको उपचारका भरतपुर अस्पतालका अध्यक्ष पौडेलको सहयोग

चितवन, ९ पुस : भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गरेका हुन्।

मंगलबार पौडेलले उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभएको हो । उहाँले क्यान्सर रोग लागेकी आमाले रोगलाई जितेसंगै पौडेलले क्यान्सरका बिरामीको उपचारमा सहयोग गदै आउनु भएको छ । सोही अनुसार पत्रकारहरु बिरामी भएको थाहा पाएर सहयोग गरेको उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम