टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गयो

काठमाडौं, ९ पुस : टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार जना घाइते भएका बीबीसीले जनाएको छ । बालिकेसिर शहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा क्याप्सुल उत्पादन गर्ने क्षेत्रमा विस्फोट भएको बताउनुभएको छ ।

टर्किएका आन्तरिक मन्त्री अली येर्लिकायाले विस्फोटको कारण अझै स्पष्ट नभएको तर अधिकारीहरूले कुनै प्रकारको षड्यन्त्रको आशङ्का गरेका खबरमा उल्लेख छ । विस्फोटपछि लागेको आगो निभाउनका लागि धेरै दमकल र स्वास्थ्य तथा सुरक्षा इकाइहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् ।

न्यायमन्त्री यिलमाज टुन्चले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको बताउनुभएको छ । अधिकारीहरूले विस्फोटको समयमा भवनभित्र कति जना मानिस थिए भन्नेबारे काम शुरू गरेका खबरमा उल्लेख छ । -एजेन्सी

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ