१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू

चितवन, ११ पुस : १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हिजोदेखि प्रशिक्षण शुरू भएको हो ।

१९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता आउँदो माघ ५ गतेदेखि मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण चल्ने प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए ।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा नेपाली टोलीले बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम