चितवनमा आजदेखि मह उत्सव हुँदै

चितवन, ११ पुस : चितवनमा आजदेखि मह उत्सव हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि १५ गतेसम्म मह उत्सव आयोजना गर्न लागेको हो । हात्ती महोत्सव हुने सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा मह उत्सव हुने परियोजनाले जनाएको छ ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५/७६देखि चितवनमा मौरीजोन स्थापना भएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा