माडीबाट सुनचाँदी व्यवसायी संघ चितवनको उपाध्यक्षमा गोतामे र सल्लाहकारमा रामदाम मनोनित

चितवन(माडी), २२ पुस : नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको उपाध्यक्षमा माडी नगरका व्यवसायीहरूको प्रतिनिधित्व गर्दै कृष्ण गोतामे र सल्लाहकारमा कमल रामदाम मनोनित हुनुभएको छ ।

जिल्ला उपाध्यक्ष मनोनित गोतामे नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाका अध्यक्ष हुनुहुन्छ भने सल्लाहकार रामदाम माडी शाखाका संस्थापक अध्यक्ष एवम् वर्तमान वरिष्ठ सल्लाहकार हुनुहुन्छ।

जिल्ला उपाध्यक्ष गोतामे र सल्लाहकार रामदामलाई नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सोमबार मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न सुनचाँदी व्यवसायी महिला समूह माडीको भेलाको क्रममा सो मनाेनयमपत्र हस्तान्तरण भएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा