अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी

काठमाडौं, २८ पुस : अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी तिबै गतिमा फैलन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । आगो निभाउनका लागि हेलिकोप्टरबाट पानी र आगो निभाउने ग्यास खन्याउने काम भइरहेपनि रोक्न नसकिएको अमेरिकाको हवाइ सेनाले जनाएको छ ।

क्यालिफोर्नियाका सात वटा छिमेकी अमेरिकी राज्य सहित क्यानडा र मेक्सिकोबाटसमेत आगो निभाउन सहयोग भइरहेको छ । प्रशासनले स्थानीयबासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको छ । लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । शहरका हजारौँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ ।

लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ