अमेरिकाको लस एन्जलस आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो

काठमाडौं, २९ पुस : अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । नेपाली समयअनुसार आज बिहानसम्ममा ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्यालिफोर्नियाका मौसमविद्हरूले यो क्षेत्रमा थप तीव्र हावा चल्ने भएकाले आगलागी अझै फैलन सक्ने चेतावनी दिएका छन् ।

अझै धेरै ठाउँमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । दमकल, हेलिकप्टरमार्फत आगो निभाउने प्रयास भइरहेको खबरमा उल्लेख छ । आगलागीका कारण इटन र पालिसेड्स क्षेत्र बढी प्रभावित भएका छन् । आगलागीका कारण सबैभन्दा बढी क्षति भएको पालिसेड्समा २३ हजार एकड जमिनभन्दा बढी क्षेत्र जलेको छ । अमेरिकको एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्‍याएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ