अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा

President Donald Trump

काठमाडौं, ८ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताउनुभएको छ । उहाँले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चाल्नुभएको हो । ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा आप्रवासीलाई समात्ने र छोड्ने नीतिको अन्त्य गर्ने बताउनुभएको छ ।

उहाँले आफ्नो कार्यकालको पहिलो चरणमा पूर्व राष्ट्रपति जो बाइडेन शासनकालका झण्डै ८० वटा कार्यकारी आदेशलाई रद्द गर्नुभएको छ । यस्तै ट्रम्पले यूएस क्यापिटल प्रकरणमा सजाय भोगिरहेका एक हजार पाँच सय बन्दीलाई माफी दिनुभएको छ । उहाँले अब राष्ट्रिय मेलमिलापको प्रक्रिया शुरु हुने बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ