चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

चितवन, १० माघ : चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्जको कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले भरतपुर उपमहानगरपालिका–१० मालपोत चोक नजिकैबाट हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पुरुषलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले सूचनामार्फत जानकारी दिनुभएको छ ।

अस्ति माघ ८ गते मङ्गलवार पक्राउ परेकाहरूमाथि थप अनुसधान भइरहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा