हेमराज रिमाल, चितवन, ११ माघ: चितवनको माडी नगरपालिका भित्र हुने गरेका हरेक विकासका सम्भावनाहरुलाई सबैलाई जानकारी गराउन पर्ने माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महतो बताईन् । आज नगरपालिका र जिल्लाका पत्रकारहरु बिच भएको अन्तर्कृया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज हुदै जानु पर्दछ । विभिन्न कानुनी कुराहरुले विकास निमार्णलाई समेत प्रभाव पारेको भन्दै उनले माडीको धेरै कुराको सम्भावना रहेको तर प्रचारप्रसार कम हुँदा आफुहरुले अनुभुती लिन नसकेको बताउन् ।
पछिल्लो समयमा पालिकाले गरेका कुराहरु बाहिर नआएको उनको गुनासो थियोे । “सबैको नजरमा माडी दुर्गम भन्ने भान रहेको हुँदा त्यो दुर्गम शब्द हटाउनु पर्छ ।” मेयर महतोले भनिन्, “यहाँको विकासको लागि यहाँका कृषि र पर्यटनलाई जोड दिएका छौं ।” किसानलाई जंगली जनावरले दुः ख दिने गरेको भन्दै यसको समाधानका लागि आफुहरुले पहलगर्दै आएको भन्दैे माडी प्रवेश गर्ने एकमात्रै बाटो धुलोरहित बनाउनेतर्फ सबैले सहयोग गर्न आग्रह गरिन् ।
उहाँले पत्रकारहरुलाई यहाँको समस्याको पहिचान गरि राम्रो कुरा बाहिर ल्याउन अनुरोध समेत गरिन् ।
अन्तर्कृया कार्यक्रममा बोल्दै नगर उप– प्रमुख खेमप्रसाद महतोले सम्भावना हुदाहुदै पनि माडी निकुञ्जको पुरानो ऐन कानुनको कारण परिवर्तन हुने गरिे विकास गर्न नसकेको भन्दै संघ सरकारलाई समेत आग्रह गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले माडीको चिनारी बृतचित्र प्रस्तुत गर्दै कृषि र पर्यटनलाई मुख्य रुपमा बिकास गर्दै आएको बताए । सो अबसरमा पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले माडीलाइ भित्रैबाट बुझ्न र चिन्नको लागि पहिलो कार्ययोजना गोष्ठि गर्न माडी रोजेको बताउनुभयो नगरपालिकाको समन्वयले गर्न लागेको माडिको धेरै सकारात्मक पक्षमा पत्रकारलले लेख्दै आएको धेरै आगामी दिनहरूमा पनि लेख्दै जाने बताए ।
कार्यक्रमको अवसरमा नगरपालिकाले नवनिर्वाचित पत्रकार महासघ चितवनका कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा पालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।



