चितवन , १३ माघ : शारदानगर जेसिज द्वारा जेसिज अभिमुखिकरण तथा शाखा नेतृत्व तालिम सम्पन्न गरेको छ । शारदानगर जेसिजका नवनिर्वाचित पदाधिकारीको नेतृत्व बिकास लाई लक्षित गर्दै तालिम संचालन गरिएको हो ।
नाम दिइएको सो तालिमम लाई माडी जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका तालिम प्रशिक्षक शोभाखर अधिकारीले तालिमको सहजीकरण गर्नु भएको थियो । शाखाका अध्यक्ष लक्ष्मी केशी खडकाको अध्यक्षतामा भएको तालिममा कार्यक्रम संयोजक दिपेश आचार्यले कार्यक्रमको महत्वको बारेमा जानकारी , अन्जली बरुवालले आस्था पाठ , र कार्यक्रम संचालन महासचिव संजय कुवरले गर्नु भएको थियोे ।
तालिममा बोर्डका पदाधिकारीको काम कर्तव्य जिम्मेवारीको बारेमा प्रशिक्षक दिइएको थियो । सोही कार्यक्रममा शाखा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष खडकाले शारदानगर जेसिजले आगामी दिनमा सामाजिक कार्य तथा नेतृत्व बिकाश र क्षमता अभिबृद्दी लगायतका काम लाई प्रमुखतामा राखेको बताउनु भयो । तालिममा शारदानगर जिसिजका नवनिर्वाचित पदाधिकारीकारीको सहभागिता रहेको थियो ।



