युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी

काठमाडौं, १५ माघ : गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको इजरायलले जनाएको छ । इजरायलका सरकारी प्रवक्ता डेभीड मेन्सरका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले बन्धकहरूको अवस्थाको बारेमा दिएको सूचीमा आठ जना बन्धकको ज्यान गएको उल्लेख छ । हमासले आठ जनाको हत्या गरेको भन्दै यसबारे उनीहरुका परिवार तथा आफन्तलाई इजरायले जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।

यही जनवरी १९ मा युद्धविराम शुरू भएदेखि इजरायली जेलमा रहेका दुई सय ९० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा सात जना महिलालाई हमासले रिहा गरिसकेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार यो हप्ता हमासले थप ६ जना बन्धकलाई रिहा गर्ने छ । इजरायलले ८७ जना बन्धकहरूमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान गरेको छ । युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३३ जना बन्धक रिहा गर्ने बताएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ