सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो

काठमाडौं, १५ माघ : सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा नौ सय रुपैयाँले घटेर एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ