भीमनगर माध्यमिक विद्यायलको ६५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको तयारी पूरा

चितवन, १६ माघ : भीमनगर माध्यमिक विद्यायलको ६५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको तयारी पूरा भएको छ । वि.सं. २०१७ साल माघ १७ गते स्थापना भएको विद्यायलले ३ दिवसीय रुपमा वार्षिकोत्सव मनाउन लागेको विद्यालयका प्रधानाध्यापक कोमलनाथ घिमिरेले बताए । माघ १५ गते विद्यायलले अन्तर आमासमूह हाजिरीजवाफ प्रतियोगिता राखेको थियो । जसमा कल्याण आमा समूह चनौली प्रथम, मातालक्ष्मी आमा समूह द्घितीय र उपकार आमा समूह तृतीय भएको प्रधानाध्यापक घिमिरेले बताए । त्यसैगरी माघ १६ गते बुधबार सहिद दिवसको अवसर पारी शौक्षिक एवम् खेलकूद पुरस्कार वितरण गरिएको थियो ।

माघ १७ गते बिहिबार हुने ६५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको प्रमुख अतिथि बागमती प्रदेशको प्रदेश सांसद माया श्रेष्ठ आउने सहायक प्रधानाध्यापक सविन न्यौपानले बताए । सहायक प्रधानाध्यापक न्यौपानेका अनुसार कार्यक्रममा प्रधानाध्यापक कोमलनाथ घिमिरेबाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, विभिन्न अक्षय कोषहरुबाट छात्रवृत्ति वितरण, आफ्नो विषय सतप्रतिशत नतिजा दिने शिक्षकहरुलाइ सम्मान, कार्यसम्पादन मुल्यांकनबाट उत्कुष्ट शिक्षक तथा कर्मचारी सम्मान, विज्ञान तथा कृषि प्रदर्शनी, विषयगत प्रदर्शनी, विद्यार्थीबाट उत्पादित वोट बिरुवा तथा मलखादको विक्री वितरण, विविध साँस्कृतिक कार्यक्रम एवम् साँझमा दिपावली गरिने बताए ।

साथै विभिन्न काल खण्डमा विद्यालयमा शिक्षण गरि अवकास लिने शिक्षकहरूलाई कदर पत्र दिने कार्यक्रम रहेको छ । विद्यालयका हरेक गतिबिधिमा सहभागी हुने अभिभावक समेत सम्मान गरिने सहायक प्रधानाध्यापक न्यौपानेले बताए ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने