३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश

President Donald Trump speaks during a meeting with Senators on his Supreme Court Justice nominee Neil Gorsuch, Thursday, Feb. 9, 2017, in the Roosevelt Room of the White House in Washington. (AP Photo/Evan Vucci)

काठमाडौं, १८ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ । उहाँले रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको बताउनुभयो ।

अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब अपराधी गैरकानूनी आप्रवासीहरूलाई हिरासतमा राख्न ग्वान्टानामोमा ३० हजार शैय्याहरू रहेको बताउनुभयो । ट्रम्पले ह्वाइट हाउसमा लेकन रिले ऐनमा हस्ताक्षर गर्नुअघि यो टिप्पणी गर्नुभएको हो । केही अपराधको आरोप लागेका कागजात नभएका आप्रवासीहरूलाई हिरासतमा राख्ने व्यवस्था गर्ने लेकन रिले ऐनलाई यस महिनाको शुरुमा कंग्रेसले अनुमोदन गरेको थियो ।

यो नयाँ प्रशासनको पहिलो प्रमुख कानून हो । आफ्नो अभियानको क्रममा ट्रम्पले पदभार ग्रहण गरेपछि अवैध आप्रवासीहरूको ठूलो मात्रामा देश निकाला गर्ने घोषणा गर्नुभएको थियो । अध्यागमन र भन्सार प्रवर्तनले लगभग १ हजारलाई गिरफ्तारी गरेको छ । सिन्ह्वा÷न्यूज एजेन्सी नेपाल

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने