अमेरिकामा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं, २० माघ : अमेरिकाको फिलाडेल्फियामा एउटा सानो मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अमेरिकाबाट मेक्सिकोको तिजुआना जाँदै गएको विमान उडान भरेको केही समयमा नै जमीनमा खस्ने क्रममा निजी भवनहरुमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा एक बालिका उनकी आमा, दुई चिकित्सक, दुई चालक दलका सदस्य र एकजना सडकमा हिँडिरहेको गरी ७ जनाको मृत्यु भएको हो ।

उडान भरेको एक मिनेटको समयमा विमान खसेर दुर्घटना हुँदा विमानमा आगलागी भएको हो । घटनामा १९ जना सर्वसाधारण घाइते भएका छन् । यसैबीच फिलाडेल्फियाका प्रबन्ध निर्देशक एडम थिएलले घटना निकै दर्दनाक भएको भन्दै घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

गम्भीर रोगका कारण निकै लामो समयपछि उपचार सम्पन्न भएको खुशियालीमा तिजुआनामा आयोजना गर्न लागेको समारोहमा बालिकाको उपचारमा संलग्न सबै टीम सहभागी हुन जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने