सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाडौं, २५ माघ : सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज केही घटेको हो ।

हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन