चितवन राष्ट्रिय निकुञ्जमा मकुना हात्ती मारिएको प्रकरणमा छानबिन समिति गठन

काठमाडौं, २५ माघ : सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती मकुना मारिएको प्रकरणमा छानबिन समिति गठन गरेको छ । वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एक, एक जना प्रतिनिधि तथा चितवनका एक जना पशु चिकित्सक सदस्य रहने छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार अस्ति बुधवार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुना मरेको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा