नेपाल बसोबास संरक्षण समाजको आयोजनामा ४५ जनाले गरे रक्तदान

चितवन, ६ असार ।
नेपाल बसोबास संरक्षण समाजको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १३ महिला सहित कुल ४५ जनाले रक्तदान गरेका छन् । गणेशधाम टोल विकास संस्थाको भवन परिसरमा आयोजित कार्यक्रमको उद्घाटन समाजसेवी छबिलाल देवकोटाले गर्नुभएको थियो भने अध्यक्षता ईकाई अध्यक्ष तथा नगर सचिव रुक बहादुर परियारले गर्नुभएको थियो ।

कोभिड १९ को संक्रमण बढिरहेका बेला उत्पन्न रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको जिल्ला युवा अध्यक्ष अस्विन परियारले बताउँनुभयो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा