कांग्रेस चितवनले सदस्यता नविकरण अभियान फेरि शुरु गर्ने

प्रतिमा तामाङ, चितवन, १२ चैत : नेपाली कांग्रेस चितवनले सदस्यता नविकरण अभियान फेरि शुरु गर्ने भएको छ । दोश्रो संस्करणको अभियान शुरु गर्ने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए । अभियान चैत १६ गते देखि २६ गते सम्म अभियान संचालन हुनेछ । सदस्यता नविकरण अभियानलाई प्रभावकारी बनाउनका लागी नविकरण समिति गठन गरिएको छ ।

कांग्रेस चितवनका सचिव पोखरेलको संयोजकत्वमा सात सदस्यीय क्रियाशील सदस्यता नविकरण समिति गठन गरीएको हो । नयाँ क्रियाशील सदस्यता पनि वितरण गर्ने गरि काम भैरहेको जिल्ला सभापति राजेश्वर खनालले बताए । चैत्र १४ गते क्षेत्र नम्बर १ र चैत्र १५ गते क्षेत्र नम्वर २ र ३ मा नवीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी