चितवनमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु

चितवन, ९ जेष्ठ : चितवनमा बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १ः४५ बजेको समयमा खैरहनी नगरपालिका-२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाएका थिए ।

सो ठक्करबाट कार चालक खैहरनी नगरपालिका- ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिना गम्भिर घाइते भएका थिए । उनको उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकोमा बिहान ३ः०५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बस र बसका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा