चितवन, १४ जेठ : होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य रचिन्द्र थापाले नेपालमा नै व्यवसाय गरे धेरै भन्दा धेरै सम्भावना रहेको बताए । होटल व्यवसायी थापाले हरेक काममा सफलता प्राप्त गर्न समय लाग्ने पनि बताए । उनि भन्छन्, “सफलता तुरुन्तै आउदैन । ” करिब २५ वर्ष भन्दा बढि समय होटल व्यवसाय गरिरहेका होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य रचिन्द्र थापासंग चितवनपाटीले गरेको कुराकानी ।।
स्वागत छ यहाँलाई चितवनपाटीसंगको कुराकानीमा ।
धन्यवाद ।
विरगंजमा यहाँको होटल व्यवसाय छ, तपाइँको व्यवसाय कसरी चलिरहेको छ त ?
म लामो समयदेखी व्यवसायको शिलशिलामा पर्साको विरगंजमा छु । मेरो व्यवसायमा पछिल्लो समयमा धेरै चुनौती छन् तर पनि व्यवसाय राम्रो तरिकाले चलेको छ ।
तपाईले देख्नुभएका होटल व्यवसायका चुनौती के के रहेछन् ?
चुनौती धेरै छन् । मुख्यतय त कोभिड पछि नेपालमा पर्यटक कम आएको तथाङ्कमा देखिन्छ । भारतबाट आउने पयर्टकहरुलाई नि सरकारले सहुलित दिनुपर्छ । अर्को विशेष कुरा दर्ता र कर पनि रहेको छ । हामीले पालिका प्रदेश देखि केन्द्रसम्म एउटै कुराको दर्ता पटकपटक गर्नु परेको छ । जसले गर्दा करको भार हामी व्यवसायीलाई परेको छ ।
स्थानीय तह र प्रदेश सरकारले के गरिदिए यहाँहरु जस्ता होटल व्यवसायी राम्रो हुन सक्छ ?
मेरो विचारमा स्थानीय तहले यहाँ रहेको आन्तरिक पर्यटकिय स्थानहरु प्रचारप्रसार जर्गेना गर्नु पर्छ । विभिन्न राहात र प्याकेजका कार्यक्रमहरु ल्याउनु पर्छ । प्रदेश मात्रै होईन देश कै आर्थिक राजधानीको रुपमा रहेको विरगंजलाई बाह्य एवं आन्तरिक पर्यटन आउने वातावरण सिर्जना हुनुपर्छ । राज्यबाट यी कुराहरुले ठाँउ पायो भने हामीलाई धेरै कुरामा राम्रो हुन्छ । हाम्रो व्यवसाय पनि राम्रो हुन्छ ।

धेरै युवाहरु नेपालमा केहि नै छैन, हुन्न भने विदेशियका छन् । तपाईलाई नि विदेश जाम भन्ने भएन ?
तपाईले राम्रो प्रश्न गर्नुभयो । मान्छेलाई लाग्छ सफलता आजको आजै आयोस् । तर त्यस्तो हुँदैन । लगनशिलता कति छ भन्ने कुरा महत्तपुर्ण हुन्छ । नेपाल हुन्छ समय लाग्छ । आज मैले काम गरेको २५ वर्ष भएछ । सफलता तुरुन्तै आँउदैन । हरेक काममा सफलता प्राप्त गर्न समय लाग्न सक्छ । धैर्य गरेर आँफु कर्ममा लाग्नुपर्छ । पढ्न जानुस् । घुम्न जानुस् । केहि सिकेर आउनुस् । म युवा साथिहरुलाई भन्न चाहान्छु । आज मेरो व्यवसायमा धेरै युवा साथिहरु हुनुहुन्छ । रोजगारी पाउनु भएको छ । यसमा म धेरै खुशी छु ।
यहाँको महत्वपुर्ण समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद ?
धन्यवाद चितवनपाटी टीमलाई पनि धेरै धेरै धन्यवाद ।



