स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

काठमाडौं, २ असार : स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथ्यता एवम् अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा संस्थाको आगामी दुई वर्षका लागि रणनीतिक दीर्घकालीन योजनासहित संस्थाको दृष्टिकोण, लक्ष्य, उद्देश्य र बजेट तयार गरिएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् नलेज नेपाल एकेडेमीका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले सहजीकरण गरेका थिए ।

संयोजक वासुदेव दवाडीले विभिन्न संघसंस्था, स्थानीय सरकारसँग सहकार्य, संस्थागत विकास, सामाजिक तथा पारिवारिक क्षेत्रअन्तर्गत उद्देश्य प्राप्तिका लागि विभिन्न रणनीति तयार गरेको बताए ।

कार्यक्रममा ४५ जना सहभागी थिए । कार्यक्रममा संस्थापक अध्यक्ष हिरामान महर्जन, पूर्वअध्यक्ष राजन अधिकारी, निवर्तमान अध्यक्ष नारायण कँडेल, महासचिव प्रेम बरालले विभिन्न सुझाव दिएका थिए ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी