भरतपुर, २ असार : नेकपा (एमाले) भरतपुर महानगर कमिटीले भरतपुर महानगरपालिकासँग विभिन्न विषयमा माग राखेको छ ।
महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रशेन अधिकारी लगायतलाई महानगर प्रमुखको कार्यकक्षमै पुगि एमाले महानगर कमिटीका अध्यक्ष शंकर थपलिया र महानगर कमिटी दलका नेता हरि पन्त लगायतले विभिन्न माग राखेका हुन् ।
अध्यक्ष थपलियाका अनुसार २९ वटै वडाबाट आएका जनताका मागहरु महानगर प्रमुख दाहाललाई पेश गरिएको छ । त्यसैगरी प्रत्येक वडालाई ५ करोड रकम विनियोजन गर्नुपर्ने, अवण्डा राख्ने चलन हटाउनु पर्ने, नगर प्रमुखले राजनैतिक प्रभाव पर्नेगरी बजेट वितरण गर्ने काम बन्द गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्ने ठेकेदारले बढी शुल्क लिएको गुनासो आएकोले यसतर्फ निगरानी गर्नुपर्ने, जमिन वर्गिकरणको सम्बन्धमा जनतालाई पर्न गएका समस्याहरुको सम्बोधन गर्नुपर्ने, महानगरलाई पर्यटन मैत्री बनाउन पर्यटनका पूर्वाधारमा लगानी गर्नुपर्ने, व्यवसायीहरुलाई संकट परेको हुँदा करमा पुनवलोकन गर्नुका साथै राहत हुने खालका कार्यक्रमहरु ल्याउनुपर्ने जस्ता माग राखिएको अध्यक्ष थपलियाले जानकारी दिए ।
माग सुनिसकेपश्चात भरतपुर महानगर प्रमुख, उपप्रमुख र प्रमुख कार्यकारी अधिकृतले सकारात्मक रुपमा लिएको अध्यक्ष थपलियाले बताए ।