वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

वीरगञ्ज, २१ कार्तिक : गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

गएको आर्थिक वर्षमा यही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । चालू आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यसैगरी, चालू आर्थिक वर्षको तीन महिनामा दुई अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ । -रासस

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो