लिस्ट ए क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने वैभव सूर्यवंशी

काठमाडौं, ९ पौष : भारतका वैभव सूर्यवंशी पुरुष लिस्ट ए क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आजदेखि शुरू भएको घरेलु लिग ‘विजय हजारे ट्रफी’ क्रिकेटमा सूर्यवंशीले १४ वर्ष २ सय ७२ दिनमा यो उपलब्धि हासिल गरेका हुन् ।

यो खेलमा सूर्यवंशी ८४ बलमा १६ चौका र १५ छक्कासहित १ सय ९० रन बनाउँदै आउट भए । अरुणाचल प्रदेशसँगको खेलमा बिहारबाट खेल्दै वैभव सूर्यवंशीले ३६ बलमै शतक बनाए । यसअघि सन् १९८६ मा पाकिस्तानका जहूर इलाहीले १५ वर्ष २ सय ९ दिनमा शतक बनाएका थिए ।

यस्तै वैभव सूर्यवंशी लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० रन बनाउने खेलाडी पनि बनेका छन् । उनले ५९ बलमै यो उपलब्धि हासिल गरे । यसअघि सन् २०१५ मा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले ६४ बलमा १ सय ५० रन बनाएका थिए ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना