१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकियो

काठमाडौं, १८ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म कूल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको जनाएको हो ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भइरहेको छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको हो । त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ र सुनसरीको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय वटा छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको हो । समानुपातिकतर्फको २ करोड ८ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा