कुनै पनि बाहानामा शिक्षकको रोजिरोटी खोस्न हुन्न : अध्यक्ष घिमिरे

चितवन, ११ असार :

लकडाउनका कारण विद्यालय क्षेत्र प्रभावित बन्दै गर्दा विद्यार्थीका साथै अभिवाभक पनि चिन्तित बनेका छन् ।

चितवन सहित देशभरका केहि विद्यालयहरुले त अनलाइन कक्षा सुरु गरेका छन् । विद्यालय बन्द हुँदा पढाइसमेत प्रभावित भएको र अब विस्तारै शैक्षिक कार्यक्रम अघि बढाउनतर्फ केन्द्रीत हुन पर्ने नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरेले रेडियो त्रिवेणीलाई जानकारी दिनुभयो ।

कार्यक्रम आजको बहसमा कुराकानी गर्दै अध्यक्ष घिमिरेले लकडाउनमा बाहानाका कतिपय सामुदायिक र संस्थागत विद्यालयहरुमा शिक्षक निकाल्न तलब नदिएको गुनासो आएको समेत बताउनुभयो । “कुनै पनि बाहानामा रोजिरोटी खोस्न हुन्न” उँहाले भन्नुभयो,“यस विषयमा महासंघले गम्भिर कदम चाल्ने छ ।” भरतपुर २० मा रहेको भीमनगर माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहनु भएका घिमिरेले विद्यालयमा अनलाईन मार्फत कक्षा सुरु भएको बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार कक्षा १० को नेपाली र  कक्षा ११ को प्रविधिक विषयका कक्षाहरु नियमित संचालन भएको बताउनु भयो । “ प्रत्येक कक्षाका शिक्षकहरुले विभिन्न माध्यमबाट विद्यार्थी र अभिवाभकसंग छलफल गरि रहनु भएको छ । ” उँहाले भन्नुभयो,“ शैक्षिक सत्र शुरु हुने वित्तिकै पुस्तक समेत बाँडेर घरमा अध्ययन गर्न भनिएको छ ।” लकडाउनका कारण विद्यालय क्षेत्र प्रभावित बन्दै जाँदा एक शौक्षिक सत्र नै गुम्ने हो कि भन्ने चिन्ता लागेको अभिवाभक निर्मला पौडेलले बताउँनुभयो । विद्यार्थी घरमा बसिरहँदा विद्यालयले प्रविधि मार्फत ज्ञानगुनका कुरा सिकाउन पर्ने उँहाको तर्क रहेको छ ।

नेपाल शिक्षक महासंघका केन्द्रिय सह अध्यक्ष पुर्ण प्रसाद दवाडीले भने कुनै पनि हालतमा शैक्षिक सत्र नगुम्ने तर कोरोनाको जोखिम कम र परिस्थिती सहज हुँनासाथ सामाजिकका साथै भौतिक दुरी कायम गरि विद्यालय संचालन हुने दाबी गर्नुभयो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन