चितवन, १३ असार :
कोभिड १९ को विश्वव्यापि प्रकोपको समयमा नारायणी ई. पब्लिक स्कूलले शुक्रबार उत्पे्रेरणामुलक कार्यक्रम इलष्लिभ श्ययm मार्फत सम्पन्न गरेको छ ।
आफ्नो विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययनरत विधार्थीहरुलाई यस परिस्थितिमा आत्मबल बढाउने उद्देश्यले Non-Voilence Communication का सदस्य सामाजिक अभियान्ता राम तिमिल्सिनाले सहभागिहरुलााई कसरी असहज परिस्थितिमा आफुलाई व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण गराउनु भएको विद्यालयका सूचना अधिकारी नबिन बगाले ले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका शिक्षक जनक राज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्राचार्य बेदराज न्यौपानेले उत्प्रेरणात्मक कार्यक्रमको महत्वका विषयमा मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, अभिभावकका साथै शिक्षकहरुको समेत सहभागिता भएको विद्यालयका प्राथामिक तह प्रमुख दिवाकर पौडेलले बताउनुभयो ।