बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको ज्यान गयो

काठमाडौं, १६ फागुन : बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । बीबीसीकाअनुसार बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा सैन्य कार्गो विमान दुर्घटना भएको हो ।

अग्नि नियन्त्रण अधिकारीका अनुसार विमान सान्ता क्रुज शहरबाट एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेक्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

अहिले विमानस्थल बन्द गरिएको छ र दुर्घटनाको अनुसन्धान थालिएको छ । धावनमार्गबाट चिप्लिएको सैन्य कार्गो विमान नजिकैको मोटरवे अर्थात् सडकमा रहेका गाडीसँग ठोक्किएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा