विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

काठमाडौं, १४ असार :

विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ। वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो ।

त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ । अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन् । कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् ।

रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् । भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् । त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा