पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ चैत : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

काठमाण्डाै जिल्ला अदालतले हिजै पक्राउ पुर्जी जारी गरेको हो । गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा बूढानीलकण्ठमा रहेको देउवाको घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको सार्वजनिक भएको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्कासमेत उठाएको थियो । विभागको पत्राचारपछि अहिले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ । देउवा दम्पती उपचारका लागि फागुन २१ गतेको चुनावअघि सिङ्गापुर जानुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा