पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ चैत : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

काठमाण्डाै जिल्ला अदालतले हिजै पक्राउ पुर्जी जारी गरेको हो । गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा बूढानीलकण्ठमा रहेको देउवाको घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको सार्वजनिक भएको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्कासमेत उठाएको थियो । विभागको पत्राचारपछि अहिले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ । देउवा दम्पती उपचारका लागि फागुन २१ गतेको चुनावअघि सिङ्गापुर जानुभएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ