हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयद्वारा एस.ई.ई उतिर्ण विद्यार्थीलाई सम्मान सहित बिदाई

चितवन, ३० बैशाख : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा २०८२ मा उतिर्ण विद्यार्थीलाई विशेष सम्मान सहित बिदाइ गरेको छ । विद्यालयमा एक कार्यक्रम गरि बिदाई गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सुनिल सिटौलाले बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक सुनिल सिटौलाका अनुसार नयाँ भर्ना उत्साहजनक रूपमा भइरहेको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमला ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक परामर्श सम्बन्धी उत्प्रेरणा समेत दिइएको सहायक प्रधानाध्यापक सिटौलाले बताए । कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक भानुभक्त सुवेदीले राम्रो नतिजा प्राप्तिमा प्रत्यक्ष संलग्न रहने विद्यार्थी नतिजा प्राप्तिको लागि अहोरात्र खट्ने शिक्षक कर्मचारी प्रति आभार व्यक्त गरे ।

७९.१७ प्रतिशत शैक्षिक नतिजा सहित चितवन जिल्ला र भरतपुर महानगरमा चौथो स्थान हासिल गर्न विद्यालय सफल भएको हो । विद्यालयमा शौक्षिक सत्र २०८३ का लागि १ सय १० जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा