विद्यार्थीका लागि नेपाली र अंग्रेजी हस्तलेखन ६ दिने कार्यशाला शुरु

चितवन, २ जेष्ठ : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले  कक्षा ९ र १० का विद्यार्थीका लागि नेपाली र अंग्रेजी हस्तलेखन ६ दिने कार्यशाला शुरु गरेको छ ।

१५० जना विद्यार्थी सहभागी रहेको विद्यालयका सहायक प्रधानाध्यापक मित्रलाल पौडेलले बताए । “कार्यक्रम हरेक हप्ता शनिबार र आइतबार गरेर तीन हप्ता सम्म चल्नेछ ।” उनले भने,”विद्यार्थीको उत्साहजनक उपस्थिति छ ।”  कार्यशालाबाट विद्यार्थीमा राम्रो र आकर्षक हस्तलेखन तयार पार्ने सिप र कलाको विकास ई.सि.ए प्रमुख रामहरि ढकालले वताए ।

विद्यार्थीको फुर्सदको समयलाई अध्ययन र रचनात्मक कार्यसंग जोडेर सिकाइ प्रति सकरात्मक सोचको विकास हुने विद्यालयका प्रधानाध्यापक भानुभक्त सुवेदीले बताए ।

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो