इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

काठमाडौं, २९ भाद्र : इन्डोनेसियामा यात्रुवाहक पानीजहाज (फेर्री) दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी १३० जनता बेपत्ता भएका हुन् । जाभा समुद्रमा यात्रुवाहक पानीजहाज पल्टिँदा अन्य १ सय ७ जनाको भने सफल उद्धार गरिएकाे बीबीसीले जनाएको छ।

खराब मौसमका कारण उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका हुन् । उक्त यात्रुवाह पानीजहाज सुरबयादेखि दक्षिणी कलिमन्थानतर्फ प्रस्थान गरिरहेको थियो । करिब १ सय ५० किलोमिटर यात्रा गरिसकेपछि पानीजहाज सम्पर्कविहीन भएको थियो । उद्धारका लागि पानीजहाज तथा हेलिकाेप्टर परिचालन गरिएको छ ।

२ सय ८० उद्धारकर्ताहरू परिचालित गरिएकाे छ। जाभा समुद्रका सबै पानीजहाजलाई कहीँ कतै जहाज तथा यात्रुकाे बारेमा केही पत्ता लागेमा तुरून्तै खबर गर्न भनिएको छ ।पानीजहाजका ३० सदस्यबाहेक २ सय १३ यात्रु सवार भएकाे बीबीसीले जनाएको हाे ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी